सिटिजन्स बैंकको साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स बैंकको साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित



काठमाडौं । सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बिहान अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा सम्पन्न भएको हो।

त्यस्तै, समितिबाट प्रस्ताव गरे अनुसार ९ प्रतिशतका दरले हुन आउने १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने विषयहरु साधारण सभाका प्रस्तावहरु पारित भएको छ।

साथै, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरेको छ ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरिएको छ ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार १५:५०