वाणिज्य बैंकहरुको निक्षेप ६१ अर्बले बढ्दा, कर्जा लगानीकाे अवस्था कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

वाणिज्य बैंकहरुको निक्षेप ६१ अर्बले बढ्दा, कर्जा लगानीकाे अवस्था कस्ताे ?



काठमाडौं । बैंकहरुले ब्याजदर बढाएपछि असोज महिनामा निक्षेप संकलन ह्वात्तै बढेको छ । एक महिनामा वाणिज्य बैंकहरुमा ६१ अर्ब रुपैयाँको निक्षेप थपिएको हो ।

बैंकर्स संघको तथ्यांक अनुसार भदौ मसान्तसम्म बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा ६१ अर्बले बढेर असोज मसान्तसम्मा ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुर्याएका छन् ।

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि बढेकोे छ । गत भदौ ३१ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह असोज ३१ गतेसम्म ३० अर्ब रुपैयाँले बढेर ४२ खर्ब २० अर्ब रुपैयाँमा पुगेको संघको तथ्यांकमा उल्लेख छ ।

कर्जा लगानी बढेसँगै सीडी रेसियो पनि बढेको छ । संघका अुनसार सीडी रेसियो ८७.२० प्रतिशत रहेको छ । यसअघि बैंकहरुको सीडी रेसियो ८६.९६ प्रतिशत रहेको थियो ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार १३:३२