शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा, चालु खाता घाटा ३७ अर्ब बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा, चालु खाता घाटा ३७ अर्ब बढी



काठमाडौं । मुलुकको शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाकाे विवरणअनुसार शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड घाटामा गएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको छ ।

त्यस्तै, चालु खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १०६ अर्ब ८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६.९ प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब २५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ४ करोड रहेको थियो ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार १३:०३