राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्दै, किन्न कहाँ जाने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्दै, किन्न कहाँ जाने ?



काठमाडौं । राष्ट्र बैंकले बिहीबारदेखी सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । तिहारको धनतेरस अवसर पारेर राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्न लागेको हो ।

धनतेरस यस वर्ष कार्तिक ५ गते शनिबारको दिन परेको छ । राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री गर्ने जनाएको छ ।

राष्ट्र बैंकको अनुसार प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एकरएक थान असर्फी वितरण गरिनेछ । सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् ।

व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर, संस्थाको हकमा प्रतिग्राम ३ सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार १२:३१