सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?



काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। अघिल्लाे दिन चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार ११:३४