प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर घोषणा



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

यस्तै, कम्पनीले उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार रुपैयाँ नगद लाभांश पनि दिने घोषणा गरेको छ ।

प्रस्तावित बोनस तथा नगद लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेपछि वितरण गरिने प्राइम लाइफले जानकारी गराएको छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार ११:२३