पोलिसी सरेन्डर गर्नेको संख्या ४.३९ प्रतिशतले घट्यो, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पोलिसी सरेन्डर गर्नेको संख्या ४.३९ प्रतिशतले घट्यो, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या घटेको छ । बीमा समितिका अनुसार गत साउन महिनाको तुलनामा भदौमा पोलिसी त्याग्नेको संख्या ४.३९ प्रतिशतले घटेको हो ।

साउन महिनाको तुलनामा भदौ महिनामा पोलिसी सरेण्डर गर्नेको संख्यासंगै रकम पनि घटेको छ । समितिका अनुसार भदौमा १९ जीवन बीमा कम्पनीका बीमितहरुले ८ हजार ५२ वटा पोलिसी त्याग गरेका छन् ।

बीमा पोलिसी ग्याग्नेको संख्या घटेसँगै पोलिसी समर्पण रकम पनि २४.०७ प्रतिशतले घटेको छ । भदौमा एक अर्ब १४ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।

सबैभन्दा धेरै पोलिसी सरेण्डर गर्र्ने नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेको छन् भने, कम पोलिसी सरेण्डर गर्ने सानिमा लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको भदौ महिनामा कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये २ हजार ९५६ वटा बीमालेख वापत ४१ करोड ४९ लाख ९९ हजार रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएको छ ।

त्यस्तै, नेपाल लाइफपछि एलआईसी नेपालको धेरै बीमालेख सरेन्डर भएको छ । एलआईसीको २८ करोड १ लाख ९६ हजार रुपैयाँ बराबरको १ हजार ३३८ वटा बीमालेख सरेण्डर भएका छन् ।

साथै, बीमितहरुले नेशनल लाइफको ८७३ वटा, एशियन लाइफको ६०६ वटा, राष्ट्रिय बीमा संस्थानको ५५३ वटा, मेट लाइफको ३८६ वटा, गुराँस लाइफको ३२३ वटा, सूर्या लाइफको ३०४ वटा, रिलायवल नेपाल लाइफको १५४ वटा र सिटिजन लाइफको १०० वटा बीमालेख त्याग गरेका छन् । बाँकी कुनै पनि कम्पनीको पोलिसी सरेन्डर संख्या १०० माथि रहेका छैनन् ।

सबै भन्दा कम पोलिसी सरेन्डर हुनेमा सानिमा लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सानिमा लाइफको २७ लाख ४६ हजार रुपैयाँ बराबरको २३ वटा बीमालेख सरेन्डर भएका छन् ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार १६:२३