पछिल्लो एक सातामा ८ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पछिल्लो एक सातामा ८ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी भने स्थिर



काठमाडौं । असोज अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप ८.१८ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार असोज २१ गतेदेखि असोज २८ गतेसम्मको अवधिमा ८ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा निक्षेप बढेको हो ।

योसँगै कुल निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। गत असोज २१ गतेसम्म कुल निक्षेप ४५ अर्ब ११ अर्ब रुपैयाँ रहेको थियो।

असोज लागे देखि भने वाणिज्य बैंकहरुको निक्षेप ३३ अर्ब रुपैयाँले बढेको छ। गत भदौ मसान्तसम्म कुल निक्षेप ४४ अर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा असोज २८ गतेसम्म बढेर ४५ अर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।

यसैगरी पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने स्थिर रहेको छ। गत असोज २१ गतेसम्म कुल कर्जा लगानी ४१ अर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असोज २८ गतेसम्म पनि त्यति नै रहेको छ।

असोज लागेदेखि भने वाणिज्य बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले मात्रै बढेको छ। असोज २८ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८६.९६ प्रतिशतमा झरेको छ। असोज २१ गतेसम्म सीडी रेसियो ८७.२५ प्रतिशत थियो।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार १३:१७