सयपत्री हाइड्रोपावरको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सयपत्री हाइड्रोपावरको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?



काठमाडौं । सयपत्री हाइड्रोपावरको शेयर कारोबार सोमबारदेखि सुरु भएको छ । सयपत्रीको पहिलो कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो ।

अब सोही मुल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट शेयर कारोबार खुल्ला भएको हो ।

सयपत्रीको चुक्ता पुँजीका आधारमा कायम ३० लाख कित्ता शेयर सूचीकृत भएको थियो । यसअघि आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि शेयर कारोबार खुला हुन सकेकोे थिए । ‘एसपीएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार ११:५९