भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेपछि आइतबार इण्डियन आयल कर्पोरेसनले पठाएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको छ । नयाँ मूल्य पेट्रोल प्रतिलिटर १.७४ रुपैयाँ, डिजेलमा १५.६० रुपैयाँ र हवाई इन्धनमा १०.२५ रुपैयाँले वृद्धि भएको हो ।

नयाँ मूल्यले डिजेलमा प्रतिलिटर ६.३४ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ३२५.४४ रुपैयाँ घाटा हुने नेपाल आयल निगमले जनाएको छ । यद्यपि, पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको छ ।

प्रकाशित : ३० आश्विन २०७९, आईतवार २३:०५