प्रतिबन्धित वस्तुहरुको एलसी नखोल्न राष्ट्र बैंकले दियो निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्रतिबन्धित वस्तुहरुको एलसी नखोल्न राष्ट्र बैंकले दियो निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिबन्धित वस्तुहरुको एलसी नखोल्न निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले गत असोज २८ गते नेपाल राजपत्रमा प्रकाशित भए अनुसार सरकारले प्रतिबन्ध लगाएका सामग्रीहरुको एलसी नखोल्न निर्देशन दिएको हो ।

असोज २८ गते बसेको मन्त्रिपरिषदको बैठकले २०७९ साल असोज २८ गतेसम्म पूर्ण प्रतिबन्ध लगाइएका सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहनबाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकल बन्देजलाई आगामी मङ्सिर मसान्तसम्म निरन्तरता दिने निर्णय अनुसार राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकले राष्ट्र बैंकको बैंकिङ्ग विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु र अन्य निकायहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको छ।

प्रकाशित : ३० आश्विन २०७९, आईतवार १६:५२