बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनिलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको बोनस शेयर र १४.९५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद गरी कुल २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित : ३० आश्विन २०७९, आईतवार १५:००