एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन फण्डको लाभांश घोषणा, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन फण्डको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन वटा सामूहिक लगानी कोषहरुले इकाईधनीलाई लाभांश दिने भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश दिने निर्णय गरेका हुन् ।

जसमा एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १३ प्रतिशत नगद लाभांश, एनआईसी एशिया ब्यालेन्स फण्डले नगदसहित १३ प्रतिशत र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले करसहित ६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

लाभांश प्रयोजनका लागि तीन ओटै फण्डहरूले कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा तीन ओटै फण्डहरूको लाभांश कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ३० आश्विन २०७९, आईतवार १२:३७