नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबिच मर्जरको सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबिच मर्जरको सहमति



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तिय संस्थाबिच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) भएका छन् । दुबै संस्थाका सञ्चालक समितिका अध्यक्षहरुले प्रारम्भिक समझदारी पत्रमा असोज २६ गते हस्ताक्षर गरेका हुन् ।

आपसी समझदारी अनुसार समीट लघुवित्तको मर्जर स्वाप रेसियो अनुपात ८२ रूपैयाँ (अर्थात समीट लघुवित्तको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्स लघुवित्तको ८२ कित्ता) कायम हुने र मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्तका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति गरिएको हो ।

संयुक्त मर्जर समितिका संयोजकका रूपमा क्षितिज खड्कालाई मनोनित गरिएको छ ।

मर्जर पश्चात हुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त हुने त्यसैगरी संस्थाको चुक्तापूँजी १ अर्व रूपैयाँभन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम १७ अर्ब रूपैयाँभन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्नेछ ।

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार १२:१४