पिपुल्स पावर र सयपत्री हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पिपुल्स पावर र सयपत्री हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावर लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । बिहीबार पिपुल्स पावरको ६२ लाख २६ हजार कित्ता शेयर र सयपत्री हाइड्रोपावरको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

पिपुल्स पावरले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको २४ लाख ६७ हजार ४०० कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता गरी ६३ लाख २६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९४ रुपैयाँ ९६ पैसा देखि २८४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । कम्पनीको शेयरलाई नेप्सेले पीपीएल कारोबार संकेत प्रदान गरेको छ ।

यस्तै सयपत्री हाइड्रपावरको पनि ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ३ लाख कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको ६ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको २१ लाख कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९६ पैसा देखि १९४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । कम्पनीलाई शेयरलाई नेप्सेले एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ । यसै आधारमा आइतबार देखि दुबै कम्पनीको शेयर कारोबार खुल्नेछ ।

प्रकाशित : २७ आश्विन २०७९, बिहीबार १६:३१