राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर, १८ लाख ९४ हजार बिगो माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राजस्व चुहावटको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर, १८ लाख ९४ हजार बिगो माग



काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दुई जना विरुद्ध मुद्धा दायर गरेको छ । विभागले विहीबार बाग्लुङ स्थायी घर भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने सरोज विश्वकर्मा र अम्मर विश्वकर्मा विरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।

विभागले कास्की जिल्ला पोखरा महानगरपालिका-३० पावर हाउस पृथ्वी राजमार्गमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अम्मर विश्वकर्माको साथबाट विल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएको अवस्थामा २३८.३४ ग्राम सुनका ३ थान सिक्री बरामद गरेको छ ।

विभागले उनिहरुलाई राजस्व चुहावट गरेको भन्दै १८ लाख ९४ हजार २०८ रुपैयाँ बिगो कायम गरी दुई जना विरुद्ध मुद्दा दायर गरिएको छ । साथै, बरामद गरिएको सुनका सिक्रीहरु जफत गरि बिगोको शत प्रतिशत जरिवानासहित कैद सजायको माग गरिएको जनाइएको छ ।

प्रकाशित : २७ आश्विन २०७९, बिहीबार १५:१७