राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्ने भएको छ । बैंकले बिहिबार ७ दिने अवधिको रिपो जारी गर्न लागेको हो ।

आगामी कार्तिक ३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन् ।

बजारमा लगानीयोग्य रकमको अभाव हुँदा तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले आवश्यकता अनुसार रिपो जारी गर्दै आएको छ ।

प्रकाशित : २७ आश्विन २०७९, बिहीबार ११:२८