सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौ । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकको १६ औं वार्षिक साधारणसभा कार्तिक ४ गते बिहान ११ः०० बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा संचालन गर्ने निर्णय गरेको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (कर सहित) नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

प्रकाशित : २७ आश्विन २०७९, बिहीबार ११:०३