सिद्धार्थ क्यापिटलको एघारौ बार्षिक साधारण सभा असोज २८ गते,यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिद्धार्थ क्यापिटलको एघारौ बार्षिक साधारण सभा असोज २८ गते,यस्ता छन् एजेण्डा



काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले एघारौं बार्षिक साधारण सभा गर्ने भएको छ । सभा आगामी असोज २८ गते शुक्रबार, सिद्धार्थ क्यापिटल लिमिटेड, नारायण चौर, नक्सालमा दिउसो ३ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।

साथे, त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलवार १५:०४