राष्ट्र बैंकले ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै, यस्ता छन् शर्तहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै, यस्ता छन् शर्तहरु



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५६ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४४ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ८ करोड ४० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा २ करोड ८० लाख रुपैयाँ गरी कूल ५६ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

मुद्दती निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि बुधबार (२६ असाेज) राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदरसहित ई–मेलमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ ।

यस्तो लगानी आगामी कात्तिक ३ गतेदेखि २०८० कात्तिक ४ गतेसम्म ३६७ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलवार १२:५५