सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता शेयर बिक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता शेयर बिक्रिमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १ जना संस्थापक शेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक शेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीमा राखेका हुन्।

यसअघि प्रचलित कानुनबमोजिम उक्त शेयर संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, बैंकले दिएको ३५ दिनको अवधिमा संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन परेन।

अब उक्त शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्। यसका लागि बैंकले १५ दिनको समय दिएको छ। यो अवधिमा इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागज प्रमाण संलग्न गरी काठमाण्डौको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित : २५ आश्विन २०७९, मंगलवार ११:०९