मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको गत असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ४५ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीबाट १ः०.३५ (३५ प्रतिशत )को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

यसको लागि कम्पनीले हकप्रद निष्कासनमा सहमति प्रदान गरिदिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । तर, राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभा अर्थात् विशेष सभाबाट हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराए पश्चात मात्र उल्लेखित हकप्रद शेयर जारी गर्नको लागि सहमति प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार १२:४९