राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल



काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो।

बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागिएको छ । यो कात्तिक २२ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल पुस २६ गते परिपक्व हुनेछ ।

१८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल चैत २८ गते परिपक्व हुनेछ । साथै, ३६४ दिनका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८० असोज २३ गते परिपक्व हुनेछ।

२५ गते मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार १२:२८