नारायणी डेभलपमेन्ट बैंकको २२ हजार संस्थापक शेयर बिक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नारायणी डेभलपमेन्ट बैंकको २२ हजार संस्थापक शेयर बिक्रिमा



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले २२ हजार ८१४ कित्ता संस्थापक शेयर विक्रिमा ल्याएको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले असोज २४ गते बाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक शेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई शेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार ११:१६