आशा लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आशा लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । लिलामी सेयरमा संस्थाका संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लघुवित्तले गत असोज ४ गतेदेखि ३ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार ११:५७