आईपीओ निष्काशनको अनुमति माग्दै तीन कम्पनी धितोपत्र बोर्ड पुगे, कुन कम्पनीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

आईपीओ निष्काशनको अनुमति माग्दै तीन कम्पनी धितोपत्र बोर्ड पुगे, कुन कम्पनीको कति ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति मागेका छन् । बोर्डमा सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेड, मोदी इनर्जी लिमिटेड र मेन्छीयाम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति मागेका हुन् ।

सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको छ। यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

यस्तै, मोदी इनर्जी लिमिटेडले कुल ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

अर्काे, मेन्छीयाम हाइड्रोपावर कम्पनीले पनि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलवार १३:२६