कुमारी र एनसीसी बैंकको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी र एनसीसी बैंकको शेयर कारोबार रोक्का



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी)बैंकको शेयर कारोबार रोक्का भएको छ । दुबै बैंकले मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले मंगलबार देखि सेयर कारोबार रोक्का गरेको हो ।

दुबै बैंकले असोज १० गते दिनको १ बजे सम्झौतापत्रमा हस्ताक्षार गरेका हुन । मर्जरपश्चात कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता भएको छ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।

हाल कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ । दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्नेछ ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलवार १२:२४