सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिले पाए शेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिले पाए शेयर ?



काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले असोज ११ गते मंगलबार बाँडफाँट गरेको हो ।

यसमा १ लाख ५ हजार ८०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओका लागि कुल १५ लाख १३ हजार ७८८ जना आवेदकले आवेदन दिएकामा १ हजार २५१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म कुल ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलवार १०:४९