आरबीबी मर्चेन्ट बैंकिङले ७.५० प्रतिशत लाभांश दिन बोलायो एजीएम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

आरबीबी मर्चेन्ट बैंकिङले ७.५० प्रतिशत लाभांश दिन बोलायो एजीएम



काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले असोज ३१ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा अपरान्ह ४ बजे बस्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले आव.२०७४/७९ को नाफाबाट कम्पनीको चुक्ता पुँजीको ७.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने अर्को एजेन्डा पनि छ ।

प्रकाशित : १० आश्विन २०७९, सोमबार ११:४९