सेबोनले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी एक्सचेन्जका लागि आवेदन दिन खोल्यो सहायक कक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेबोनले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी एक्सचेन्जका लागि आवेदन दिन खोल्यो सहायक कक्ष



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी एक्सचेन्ज खोल्न लाइसेन्सको आवेदन दिन सहायक कक्ष खोलेको छ। सेबोनले आइतबार एक सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज तथा ब्रोकर लाइसेन्सका लागि आवेदन दिन आवश्यक परामर्श उपलब्ध गराउन सहायता कक्ष स्थापना गरेको जनाएको छ ।

सेबोनले सहायतामा दुईजना कामु निर्देशकहरु तोलाकान्त न्यौपाने र नवराज पण्डितलाई खटाएको छ। नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज तथा ब्रोकर लाइसेन्सको पूर्वस्वीकृतिका लागि आवेदन दिँदा कुनै अस्पष्टता, द्विविधा वा कुनै सहयोगको आवश्यकता परेमा कार्यालय समयभित्र सहायता कक्षमा सम्पर्क गरी सेवा प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।

सेबोनले गत असोज २ गते सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालन तथा ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ।

प्रकाशित : ९ आश्विन २०७९, आईतवार १६:३७