सिटिजन्स् बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक, ९ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स् बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक, ९ प्रतिशत लाभांश दिने



काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेशनल गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकको सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

बैठकले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ कराड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित : ६ आश्विन २०७९, बिहीबार २१:००