नेपाल ल्यूव आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

नेपाल ल्यूव आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । नेपाल ल्यूव आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको असोज ४ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ३० प्तिशत लाभांश दिने गरेको हो ।

त्यसैगरी, कम्पनीले असोज २८ गते साधारण सभा गर्ने भएको छ । सभा याक प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११.३० बजे सुरु हुनेछ । सभामा कम्पनीले हालको जारी पुँजी ५ करोड रुपैयाँबाट बढाएर १० करोड पुर्याउने एजेन्डा पनि पेश गर्दैछ ।

आर्थिक वर्ष २०७८/७९ को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । अजोज १३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलवार १७:४२