ओमको २९.२० प्रतिशत लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओमको २९.२० प्रतिशत लाभांश पारित



काठमाडाै ९ पुस । ओम डेभलपमेन्ट बैंक लिमिटेडको साधारणसभाले आ.ब. २०७२÷७३ को मुनाफाबाट शेयरधनिहरुलाई २९.२० प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको छ । गत शुक्रबार सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतमा बसेको बैंकको १० औं बार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो । बैंकले गत आ.ब. ११ अर्ब ८५ करोड निक्षेप संकलन, ९ अर्ब ९३ करोड कर्जा लगानी गरि २९ करोड ६५ लाख खुद मुनाफा गरेको थियो ।

बोनश शेयर बितरण भएपछि बैंकको चुक्ता पुंजी १ अर्ब ३६ करोड पुग्नेछ भने मनास्लु विकास बैंकसंग मर्ज भएपछि हकप्रद शेयर र बोनस शेयर वितरणपछि चुक्ता पुंजी २ अर्ब ५४ करोड पुर्याउने पुंजी योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

साधारणसभाले बैंकको संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट ४ जना गरि ८ जना सञ्चालकहरु सर्वसम्मतिले निर्वाचित गरेको छ जसमध्ये संस्थापकहरुबाट सुशील कुमार गोशली, योगेन्द्र लाल प्रधान, राजेन्द्र कुमार बाटाजु र निकेश द्धा रहेका छन् भने सर्वसाधारणको तर्फबाट श्रीकृष्ण रेग्मि, कर्म कुमारी गुरुङ्ग, निरञ्जन श्रेष्ठ र रबिन्द्र बास्तोला रहेका छन् । निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सुशील कुमार गोशलीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

प्रकाशित : ९ पुष २०७३, शनिबार १०:५९