भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५३ अर्बले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५३ अर्बले बढ्यो



काठमाडौं । भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५३ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप भदौमा ५३ अर्ब रुपैयाँले बढेको हो।

योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार भदौमा वाणिज्य बैंकहरुले थप १३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। योसँगै भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।

गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो।

प्रकाशित : ४ आश्विन २०७९, मंगलवार १६:३६