काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला पुरेर बनाइएका घरहरु नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । काठमाडौं महानगरपालिका- ७ मा टुकुचा खोला माथि बनेका घरहरु कानुनी प्रकृया पूरा नगरि र उचित क्षतिपूर्ति नदिई नभत्काउन अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।
Comment