आइएमई लाइफका‍े वार्षिक साधारण सभा असोज २६ गते, के-के छन् एजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइएमई लाइफका‍े वार्षिक साधारण सभा असोज २६ गते, के-के छन् एजेण्डा ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले असोज २६ गते विहान ११ बजे लैनचौर बैङक्वेट्स, लैनचौरमा सभा बोलाएको हो ।

सभाले संस्थापक शेयरधनीबाट हाल कायम चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी पुनः थप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

बीमा समितिको निर्देशन अनुसार कम्पनीले २०७९ चैत मसान्तभित्र कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गर्नुपर्नेछ ।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापकले शत प्रतिशत पूँजी थपेपछि चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । यस्तै कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ। संस्थापकले शत प्रतिशत पूँजी थपे पश्चात सर्वसाधारणलाई आईपीओ निष्काशन गरेर कम्पनीले न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन लागेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा प्रभावितहरूको उपचारका लागि गरिएको आर्थिक सहायतावापतको ७ लाख ५० हजार रूपैयाँ अनुमोदन गर्ने छ ।

त्यसैगरी, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह वितरण गर्ने लगायतका सामान्य प्रस्तावसमेत उक्त सभाले अनुमोदन गर्ने छ ।

प्रकाशित : २ आश्विन २०७९, आईतवार १२:४६