नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुल्ला, यस्तो छ प्रकृया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुल्ला, यस्तो छ प्रकृया



काठमाडौं । धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुल्ला गरेको छ । बोर्डले आइतबार सुचना जारी गर्दै नयाँ ब्रोकर लाइसेन्सका साथमा, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारको लाइसेन्स पनि खुला गरेको हो।

ब्रोकर लाइसेन्सका लागि आइबारदेखि लागू हुने गरी ३० दिनभित्र धितोपत्र बोर्डमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएका प्रावधानहरु पूरा गरी निवेदन दिनुपर्नेछ । रीत नपुगेका वा आवश्यक सबै प्रक्रिया प्रूरा नगरेका आवेदनहरु रद्द पनि हुन सक्ने धितोपत्र बोर्डले जानकारी दिएको छ ।

यसर्थ, ब्रोकर व्यवसाय सञ्चालन गर्न चाहनेले आवश्यक प्रक्रिया पूरा गरेर आवेदन दिन बोर्डले भनेको छ ।

यसैगरी, आइतबार नै नयाँ स्टक एक्सचेन्जका लागि पनि आवेदन माग गरिएको छ । यसमा भने आवेदन दिने म्याद ४५ दिन राखिएको छ । ४५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ ।ध्र निवेदन दर्ता गर्ने अन्तिम दिन कुनै कारणवश कार्यालय बन्द भएमा लगतै कार्यालय खुलेको दिन निवेदन बुझाउन सकिनेछ ।

यसैगरी, कमोडिटी बजार सञ्चालनका लागि पनि आवेदन माग गरिएको छ ।

प्रकाशित : २ आश्विन २०७९, आईतवार ११:१७