एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । एभरेष्ट बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने जनाएको छ । संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ ।

तीन महिना वा सो भन्दा बढी अवधिका लागि यस्तो निक्षेपमा १३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बचत तर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याज दिनेछ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १४:३८