नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक,बचत खातामै १०.१३ प्रतिशत ब्याज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक,बचत खातामै १०.१३ प्रतिशत ब्याज



काठमाडौं । नबिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुगेको छ । संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज तोकेको छ । त्यसैगरी रेमिट्यान्स खातामा भने १३.१३ प्रतिशत पुगेको छ ।

बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाउन सकिने छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशतसम्म लाग्ने छ ।

बैंकबाट हाउजिङ लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ । अटो लोन ५ वर्षका लागि लिँदा १३.९९ प्रतिशत ब्याज लाग्ने छ ।

५ देखि ७ वर्षसम्मका लागि अटो लोन लिँदा १४.९९ प्रतिशत, ५ देखि १० वर्षका लागि हाउजिङ र मोटरेजल लोन लिँदा १४.५९ र १० देखि १५ वर्षका लागि हाउजिङ र मोटरेज लोन लिँदा १४.९९ प्रतिशत ब्याज लाग्नेछ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १३:१२