आइएमई पेसँग डिजिटल दसैँ-तिहारः आइएमई पेमार्फत डिजिटल भुक्तानी गर्दा लाखौंँको उपहार पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

आइएमई पेसँग डिजिटल दसैँ-तिहारः आइएमई पेमार्फत डिजिटल भुक्तानी गर्दा लाखौंँको उपहार पक्का



काठमाडौं । महान चाड दसैँ, तिहार तथा छठका अवसरमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई पेले पहिलोपटक भव्यस्तरमा आइएमई पे डिजिटल दसैँ–तिहार २०७९ अफर सार्वजनिक गरेको छ। यो अफर आगामी असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ।

नेपालको अनलाइन सपिङ साइट दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई पेमार्फत अफर अवधिभरि कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबीपीएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आईटीभीको प्याकेज, दराजको हजारौँ भाउचर कोडदेखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाइम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर ई–स्कुटर पनि उपहारस्वरुप प्रदान गरिनेछ।

आइएमई पे मोबाइल वालेटमार्फत विभिन्न कार्य तथा सेवाका लागि सहजै अनलाइन भुक्तान गर्न सकिन्छ। यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकमाझ अझ बढावा दिन यस महाअफरमार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरेबापत पनि उपहारहरु प्रदान गरिनेछ।

अफर अवधिभरि आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाइल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेनं (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभि ९५५ इन्च, (प्रति) पाउनुहुनेछ।

चाडपर्वकै अवसर पारी आइएमई पेमार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताले १५५ छुट र हिमाल डेन्टलमा १५५ छुट पनि प्राप्त गर्न सक्नेछन्। यसका साथै आइएमई पेका प्रयोगकर्ताले आइएमई पे एपमा कुनै पनि कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपीडी चेक–अप पनि पाउनेछन्।

दैनिक उपहारको विजेताहरुको घोषणा हरेक हप्तामा एकपटक सामाजिक सञ्जालमार्फत हुनेछ भने अरु सबै उपहारहरुको विजेताको घोषणा अफर अवधिपश्चात सामाजिक सञ्जालमा तथा कम्पनीका लागि सम्भावित कुनै पनि माध्यममार्फत हुनेछ। सम्पूर्ण विजेताहरुले अफर अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नेछन्।

उपहारका लागि योग्य हुन प्रयोगकर्ताले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्ने नियम कम्पनीले स्पष्टाएको छ। यसका साथै आइएमई पे एपमा क्यास–इन र क्यास–आउटबाहेक अरु सम्पूर्ण भुक्तानीमा उपहार जित्न मिल्ने नियम रखिएको छ । यस अफरसम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ।

प्रकाशित : ३० भाद्र २०७९, बिहीबार १८:०५