मिर्मिरे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिर्मिरे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार लघुवित्तको कुल ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर बोनस सेयर सूचीकृत भएको हो।

लघुवित्तले अघिल्लो आर्थिक वर्षमा आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।उक्त सेयर अब सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण भएपछि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

प्रकाशित : ३० भाद्र २०७९, बिहीबार १५:५६