काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ।
महानगरपालिकाले आफ्नो ११ औं नगर अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने कानुनी व्यवस्थालाई प्रभावकरी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।
महानगरपालिकाले सूर्तिजन्य पदार्थ ९नियन्त्रण र नियमन० गर्ने ऐन, २०६८ को दफा ४ मा दफा ५ मा उल्लेख भएको कानुनी व्यवस्थालाई आधार बनाएर सार्वजनिक निकायमा धुम्रपान तथा सूर्ति सेवन निषेधित बनाउने व्यवस्था छ।
Comment