आजदेखि दसैंका लागि नयाँ नोट साटन पाइने, यी बैंकबाट लिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

आजदेखि दसैंका लागि नयाँ नोट साटन पाइने, यी बैंकबाट लिन सकिने



काठमाडौ । आजदेखि बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले दसैका लागि नयाँ नोट साँट्न पाउने भएका छन्। हाललाई काठमाडौं उपत्यकाभित्र यस्तो व्यवस्था गरिए पनि असोज २ गते देखि उपत्यकाबाहिर पनि नोट साट्न पाइने छ ।

एक पटकमा एक व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट साँट्न पाउने छन् । सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साँट्न सक्नेछन् ।

५, १०, २०, ५० र १०० रुपैयाँका नोट सटहीको व्यवस्था मिलाइएको केन्द्रीय बैंकको जनाएको छ । यो सुविधा असोज ७ गतेसम्म कायम रहनेछ ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार १२:१६