विश्व बैंकबाट ३५ अर्ब सहुलियत ऋण लिने मन्त्रिपरिषद्को निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विश्व बैंकबाट ३५ अर्ब सहुलियत ऋण लिने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसेगरी, प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिष्द्ले गरेको छ ।

महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने, महालेखापरीक्षक टंकमणी शर्मा (दंगाल) नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च लेखापरीक्षण संस्थाहरुको संगठनको २४ औं महाधिवेशनमा सहभागिता जनाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।

साथै, संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन माननीय अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने, २०७९ असोज ८ र ९ गते स्वीडेनको स्टकहोममा आयोजना हुने “14” NRNA European Regional Meeting (ERM)” मा सहभागी हुन कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको भ्रमण स्वीकृत गर्ने, सामाजिक सुरक्षा (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने, नेपाल र रोमानीयाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने, पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय पनि गरेको प्रबक्ता कार्कीले बताए ।

Kibbutz High Level study visit in Israe कार्यक्रममा सहभागी हुन माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई स्वीकृति दिने भएको छ । मधेश प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने लगाएतको निर्णय मन्त्रि परिषद्ले गरेको छ ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलवार १८:०५