महानगरपालिकाद्वारा मनोरञ्जन करबापत ८४ लाख बढीको राजस्व संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थतन्त्र

महानगरपालिकाद्वारा मनोरञ्जन करबापत ८४ लाख बढीको राजस्व संकलन



काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न संस्थाबाट मनोरञ्जन करबापत राजस्व संकलन गरेको छ । महानगरको राजस्व विभागकाअनुसार काठमाडौं फनपार्क र विभिन्न क्यासिनोले अहिलेसम्म ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर बुझाएका हुन् ।

करदाताहरुमा फनपार्कले १६ गते १७ लाख ३६ हजार, डेल्टीन क्यासिनोले २३ गते २१ लाख ४२ हजार, क्यासिनो प्यालेस अन्नपूर्ण-होटलले २८ गते ११ लाख ८५ हजार, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रिएसन हायातले २८ गते ९ लाख ८९ हजार, माजोङ्ग इन्टरटेन्मेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार तथा बेलीज क्यासिनो मल्ल होटलले २३ गते १३ लाख ८८ हजारसमेत गरि ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर बुझाएका छन् ।

क्यासिनो र्‍याट र रोयल क्यासिनो याक एण्ड यति हाल सञ्चालनमा नरहेको महानगरले जनाएको छ ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलवार १४:३२