वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढ्यो



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ २४ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप संकलन ८ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको हो ।

भदौको पहिलो र दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप संकलन ४४ खर्ब २६ अर्ब रुपैयाँमा स्थिर रहेकोमा तेस्रो सातासम्म आईपुग्दा ४४ खर्ब ३७ अर्ब रुपैयाँ थियो । साथै, भदौ २४ गतेसम्म आइपुग्दा पुगेको छ ।

यसैगरी यता वाणिज्य बैंकहरुले कर्जा लगानी पनि बढाएका छन् । भदौ ३ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा भदौ दोस्रो साता बढेर ४१ खर्ब ८० अर्ब रुपैंया पुगेको थियो । भदौ १७ गतेसम्म आईपुग्दा कर्जा लगानी ४१ खर्ब ८१ अर्ब रुपैंया पुगेकोमा भदौ २४ गते सम्म आइपुग्दा कर्जा लगानी ७ अर्बले बढेर ४१ खर्ब ८८ अर्ब रुपैंया पुगेको तथ्याङकमा उल्लेख छ ।

यता बाणिज्य बैंकहरुको औसत सीडी रेसियो भने भदौं २४ गतेसम्म ८८.३६ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार १६:२१