काठमाडौं । सरकारले १० वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १ वर्ष देखि १ बर्ष ६ महिनासम्मका लागि १० कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कार्यलयले सोमबार सुचना जारी गर्दै विभिन्न सरकारी सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा (६३) को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।
कालोसूचीमा परेका कम्पनीले (कालोसूचीमा राखिएको समयसम्म) सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा पर्नेहरूमा वीरगञ्ज उपमहानगरपालिकामा रहेको देवेन्द्र तेल उद्योग, अछाममा रहेको धर्यता निर्माण कम्पनी लगायत १० कम्पनी छन् ।
यी हुन् कालोसूुचीमा पर्ने १० कम्पनी
Comment