सानिमा जनरल र जनरल इन्सुरेन्सको विशेष साधारण सभा असोज ११ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा जनरल र जनरल इन्सुरेन्सको विशेष साधारण सभा असोज ११ गते



काठमाडौं । सानिमा जनरल र जनरल इन्सुरेन्सले असोज ११ गते विशेष साधारण सभा गर्ने भएको छ । सानिमा जनरलको सभा कुण्डलीनी दरवार बैङक्वेट, चन्डोल, काठमाडौंमा बिहान ११ बजेबाट हुने तय भएको हो।

यस्तै, जनरल इन्सुरेन्सको सभा अमृतभोग कालिकास्थान, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ।

दुवै कम्पनीले सभामा एक आपसमा मर्ज हुने प्रस्ताव पेश गर्दैछन् । मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्सुरेन्स राख्ने प्रस्ताव पेश हुँदैछ । साथै, मर्जर पश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१ः४९ कायम गर्न प्रस्ताव पनि सभामा पेश हुनेछ ।

त्यसैगरी, सानिमा र जनरल इन्सुरेन्स एक आपसमा गाभिने भएपछि हाल दुवैको सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीहरुबीच असार २९ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार ११:४०