श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। सोमबार लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

लघुवित्तले भदौ १५ गतेदेखि १९ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयर बाँडफाँट गरेको हो।

शेयरमा १८ लाख ३८ हजार ७५१ आवेदन परेको थियो। जसमध्ये १ हजार ३१५ आवेदन रद्द भएका छन् भने बाँकी १८ लाख ३७ हजार ४३६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये ३६ हजार ८५९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार १०:५१