साताको ५ दिन कारोबार भएको नेप्सेमा ३४.१२ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साताको ५ दिन कारोबार भएको नेप्सेमा ३४.१२ अंकको गिरावट



काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)मा दुई सय २७ वटा कम्पनीहरुको एक लाख ११ हजार ७६० वटा कारोवार भएको छ । जसअनुसार १ करोड १८ लाख ४७ हजार ५२१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४ अर्ब ९५ करोड २३ लाख रुपैंया बराबरको पुगेको हो ।

कारोबारको पहिलो दिन १९७१.८६ अंकमा खुलेको बजार १.७३ प्रतिशतले घटेर ३४.१२ अंकमा झरेको छ । साथै, साताको अन्तिम दिन १९३७.७४ अंकमा बन्द भयो । यो हप्ता ५ दिन मात्र भएको कारोबारमा साताको सुरुको दिन समान्य बढेको बजार हप्तामा चार दिन निरन्तर ओरालो लागेको छ ।

यो साता उच्च बिन्दु १९८८.३८अंक बनाएको नेप्सेले हप्ताकै न्युन बिन्दु १९२५.२२अंक बनाएको थियो ।

यो साता सबैभन्दा धेरै कमाउने टप ५ कम्पनीहरु
यस साता शिर्ष कमाउने कम्पनीहरुमा पहिलो स्थानमा सानिमा माई हाईड्रोपावर कम्पनी रहेको छ । यसका शेयर लगानीकर्ताले सबैभन्दा बढी मुनाफा आर्जन गरेका छन् । जसको शेयरमुल्य ११.०१ प्रतिशतले बृद्धि भएको छ।

त्यसैगरी दोस्रो सबैभन्दा बढी कमाएको कम्पनी राधी विद्युत कम्पनी लिमिटेड रहेको छ । यसका लगानीकर्ताले ७.५० प्रतिशत कमाएका छन् । यो साता बढेको कम्पनीमा सामुदायिक लघुवित्त वित्तिय संस्था पनि हो । यसको शेयर ६.८३ प्रतिशतले बढेको छ। यो संगै अर्को कमाउने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था पनि छ । यो कम्पनीको यस हप्ता ६.७१ प्रतिशतले बृद्धि भएको छ। अन्तिममा यस साता कमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेको छ भने यसको शेयरमुल्य ६.३७ प्रतिशतले बढेर बन्द भएको छ।

यो साता सबैभन्दा धेरै गुमाउने टप ५ कम्पनीहरु

यस साता लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका कम्पनीहरुमा शिर्ष स्थानमा एनआइबिएल प्रगति फण्ड रहेको छ । यसका शेयर लगानीकर्ताले यो साता सबैभन्दा बढी गुमाएका छन्। यसको शेयरमुल्यमा ६.०३ प्रतिशतले गिरावट आएको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने दोस्रोमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । जसका लगानीकर्ताले ५.३० प्रतिशतले घाटा बेहोरेका छन् । तेस्रो स्थानमा रहेको छ एनआईसी एशिया ग्रोथ फण्ड,यस कम्पनीको ४.८१ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै अर्काे यो हप्ता घट्ने कम्पनीमा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड रहेको छ । यसको शेयर ४.७४ प्रतिशतले घटेको छ । अन्तिममा यस साता घट्ने कम्पनीमा मेगा मिच्युअल फण्ड -१ रहेको छ । जसको शेयरमुल्य ४.११ प्रतिशतले घटेर बन्द भएको छ ।

प्रकाशित : २५ भाद्र २०७९, शनिबार २१:०७